ताजा खबर
डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका सडकहरूलाई सुरक्षित र सहज बनाउने उद्देश्यले खाल्डाखुल्डीमुक्त बनाउने अभियान चलाएको छ। यसअन्तर्गत अरनिको राजमार्गको जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्मको सडक खण्डमा ‘प्याच वर्क’ गरि खाल्डाखुल्डी पुरिएको छ।
कार्यालयका अनुसार, सडक मर्मत कार्य बेलुकीको समयमा सवारी चाप कम हुने अवसरमा द्रुत गतिमा सम्पन्न गरिएको हो। सवारी साधनको बढ्दो चाप र वर्षाका कारण सडकमा देखा पर्ने खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाउने र यात्रालाई असहज बनाउने भएकाले यो अभियान आवश्यक देखिएको छ।
डिभिजन सडक कार्यालयले आगामी दिनमा पनि जिल्लाका अन्य सडक खण्डमा यसै प्रकारको मर्मत कार्य जारी राख्ने जनाएको छ।
Super Admin
>