ताजा खबर
९ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलको खराब लय जारी रहँदा ब्रेन्टफोर्डसँग ३-२ ले पराजित भएको छ। यो लिभरपुलको लिगमा लगातार चौथो हार हो।
ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा डाङ्गो ओउटाराले पाँचौं मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर केभिन सेडले ४५औं मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए। लिभरपुलका मिलोस केर्केजले पहिलो हाफको इन्जुरी टाइममा गोल फर्काए पनि इगोर थियागोले ६०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्रेन्टफोर्डको अग्रता ३-१ बनाएका थिए।
८९औं मिनेटमा मोहमद सालाहले गोल गरेपछि लिभरपुलले गोल अन्तर कम गर्न प्रयास गर्यो, तर खेल सकिनुअघि पर्याप्त समय थिएन।
हारपछि लिभरपुल ९ खेलबाट १५ अंकसहित छैटौँ स्थानमा सीमित रह्यो। ब्रेन्टफोर्ड समान खेलबाट १३ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ।
Super Admin
>