ताजा खबर
३ असोज, मुग्लिन (चितवन) — इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा बिहीबार राति खसेको सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १०:५५ बजे सडक अवरुद्ध भएपछि पहिरो पन्छाइ राति ११:५५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। आज बिहान ७:१५ बजेदेखि भने सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
पहिरोसँगै खसेको ढुङ्गाले ना६ख १५२२ नम्बरको बसमा क्षति पुगेको प्रहरीले जनाएको छ।
Super Admin
>