ताजा खबर
काठमाडौं — निर्माता किरण नेपाली फिल्म निर्देशनमा डेब्यु गर्दैछन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘महादशा’ को शीर्षक र प्रि–टिजर सार्वजनिक गरे।
फिल्म लेकाली इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण हुने छ। प्रि–टिजरमा कलाकार प्रमोद अग्रहरि, प्रेमा लामगाढे र हाकिम गुरुङ परम्परागत भेषभूषामा देखिएका छन्। यससँगै चर्चित र्यापर हाकिम फिल्ममा डेब्यु गर्दैछन्। उनले अघिल्लो समय ‘सौर्य’ फिल्म निर्माण र म्युजिक कम्पोज गरेका थिए। हाकिमले भने, “अफर आयो र फिल्म खेल्ने निर्णय गरेँ।”
फिल्ममा रियर राई पनि अभिनय गर्दैछन्। लगानीकर्ता हुन् राजे के. शाह, श्याम मगर र अमलादेवी राई, भने सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्। पटकथा मनिष गौतम द्वारा तयार गरिएको हो।
निर्माताका अनुसार फिल्मको कथावस्तुमा संस्कार, संस्कृति, आध्यात्मिकता, समाजमा विद्यमान रहस्यमय घटनाक्रम, साथै मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभाव प्रस्तुत गरिएको छ।
फिल्मको प्रोडक्सन म्यानेजरमा अनिश अधिकारी र समर चौलागाई रहेका छन्। प्रदर्शन मिति भने छायांकन पूरा भएपछि मात्र सार्वजनिक गरिने बताइएको छ।
Super Admin
>