ताजा खबर
नेपालले भुटानसँग महिला साफ यू-२० च्याम्पियनसिपमा आफ्नो यात्रा सुरु गर्नेछ। उक्त खेल साँझ ७:१५ बजे सुरु हुनेछ।
बंगलादेशमा आज सुरु हुने प्रतियोगिताको पहिलो खेल घरेलु टोली र श्रीलंकाबीच दिउँसो ३:१३ बजे हुनेछ।
च्याम्पियनसिपमा चार टोली सहभागी छन् र यो डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। सबै टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् र सबैभन्दा बढी अंक जुटाउने टोली च्याम्पियन बन्नेछ।
नेपाली टोली बुधबार राति बंगलादेश पुगेको थियो। बिहीबार भएको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक याम गुरुङले च्याम्पियन बन्ने पूर्ण विश्वास व्यक्त गरे। नेपाली टोलीको कप्तानी बिर्सना चौधरीले गर्नेछिन्।
Super Admin
>