२०२६-०६-१३
नक्कली विज्ञापन देखाई सरकारी जागिरका नाममा ठगी, मोरङमा २७ जना पीडित>
Action

नक्कली विज्ञापन देखाई सरकारी जागिरका नाममा ठगी, मोरङमा २७ जना पीडित

मोरङमा सरकारी जागिर लगाइदिने प्रलोभनमा परेको ठगी प्रकरण सार्वजनिक भएको छ। जिल्ला अदालत मोरङको नक्कली विज्ञापन देखाएर एउटा गिरोहले दर्जनौं व्यक्तिलाई ठगेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङमा २७ जनाले निवेदन दिँदै आफूहरू ठगिएको बताएका छन्। प्रहरीका अनुसार पुनमदेवी साहको नाममा यो ठगी भएको हो। प्रारम्भिक अनुसन्धानमा उक्त समूहले सप्तरीमा पनि ठगी गरेको पाइएको छ।

गिरोहले अदालतमा करार कर्मचारीको नक्कली विज्ञापन देखाएर २ हजार ५ सयदेखि २० हजारसम्म र केहीबाट २ लाख रुपैयाँसम्म असुल गरेको पीडितहरूले बताएका छन्। उनीहरूले विज्ञापनसँगै नक्कली परिचयपत्रसमेत बनाएर जागिर दिने विश्वास दिलाएका थिए।

प्रहरीका अनुसार उक्त विज्ञापनमा नायव सुब्बा, कार्यालय सहयोगी र सवारी चालकका पद खुलाएको उल्लेख थियो। गिरोहले प्रशासन अधिकृतका रूपमा केदारनाथ पौडेलको नाम र हस्ताक्षरसमेत नक्कली रूपमा प्रयोग गरेको देखिएको छ।

पीडितहरू अदालत पुग्दा उजुरीका लागि प्रहरीमा पठाइएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart