२०२६-०६-१३
जेनजी आन्दोलनका क्रममा आगजनी र कुटपिटमा संलग्न दुई जना पक्राउ>
Action

जेनजी आन्दोलनका क्रममा आगजनी र कुटपिटमा संलग्न दुई जना पक्राउ

काठमाडौं। जेनजी आन्दोलनको क्रममा साँखुस्थित प्रहरी प्रभागमा आगजनी र प्रहरीमाथि कुटपिटमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–३ मकवानपुरका ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ काठमाडौंका ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन्।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको साँखु प्रहरी प्रभागले जनाएको छ।


हतकडीसहित अर्को व्यक्ति पनि पक्राउ

त्यसैगरी, जेनजी आन्दोलनकै क्रममा लुटपाट भएको प्रहरी हतकडी र त्यसको चाबी सहित एक जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्ने झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ रहेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि लुटपाट र सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart