२०२६-०६-१३
जोमसोम–कोरला सडकको छुसाङ खण्डमा लेदो सहितको पहिरो, यातायात अवरुद्ध>
Action

जोमसोम–कोरला सडकको छुसाङ खण्डमा लेदो सहितको पहिरो, यातायात अवरुद्ध

जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्रको छुसाङ खण्डमा लेदो सहितको पहिरो खस्दा आज बिहानदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार, सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने कार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ।

सडक अवरुद्ध भएकाले जोमसोम र आसपासका क्षेत्रमा आवागमन प्रभावित भएको छ। स्थानीय प्रशासनले यात्रु र सवारी चालकलाई सम्भावित जोखिमबारे सतर्क रहन आग्रह गरेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart