२०२६-०६-१३
घटस्थापना सुरु, हवाई यात्रुको चाप बढ्दै>
Action

घटस्थापना सुरु, हवाई यात्रुको चाप बढ्दै

६ असोज, काठमाडौं । आज घटस्थापना सुरु भएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढेको छ। स्थलमार्गमा मुग्लिन–नारायणगढ सडक अवरोधका कारण यात्रुहरू सास्ती भोगिरहेका छन् भने हवाई यात्रुको चाप सामान्य अवस्थाभन्दा बढेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डे का अनुसार, “चाप बढ्दै छ, तर सबै व्यवस्थापन गर्न सकिने अवस्थामा छ। अहिलेसम्म कुनै वायुसेवा कम्पनीले अतिरिक्त उडानको अनुमति मागेको छैन।”

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द कर्ण का अनुसार दशैंका लागि टिकट उपलब्ध छन्, तर तुम्लिङटारको प्याक भरिसकेको छ। भरतपुर र सिमरामा पनि सिट सीमित छन्। अन्य गन्तव्यमा भने टिकट सोही दिन उपलब्ध हुनेछन्।

सामान्य अवस्थामा वायुसेवा कम्पनीले सानो जहाज जाने गन्तव्यमा चाडबाडमा ठूला जहाज पठाउने भएकाले सिटको अभाव नहुने कर्णले बताए। दशैंको बेला यात्रु ‘वान–वे’ बढी हुने भएकाले टिकट बिक्री नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको माथिल्लो भाडामा हुने गरेको छ।

नेपालमा आन्तरिक उडानका कम्पनीसँग दैनिक १५ हजारभन्दा बढी यात्रु बोक्ने क्षमता भए पनि अहिलेसम्म पूर्ण रूपमा उपयोग भएको छैन। घटस्थापनापछि काठमाडौं आउने यात्रुको चाप बढी हुने प्रवृत्ति देखिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart