२०२६-०६-१३
गाजामा युद्धविरामको मागमा इजरायलभर विरोध, नेतन्याहु सरकारमाथि दबाब>
Action

गाजामा युद्धविरामको मागमा इजरायलभर विरोध, नेतन्याहु सरकारमाथि दबाब

गाजामा जारी युद्ध अन्त्य गर्न र युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं इजरायली नागरिक सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार, तेलअभिवसहित थुप्रै शहरमा विशाल र्‍याली तथा प्रदर्शन भएका छन्।

प्रदर्शनकारीहरूले सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले हमासद्वारा नियन्त्रणमा रहेका बन्दीहरूको जीवनलाई थप जोखिममा पार्ने भन्दै सरकारको नीति परिवर्तन गर्न दबाब दिएका छन्।

यसबीच, इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले युद्धलाई तत्काल अन्त्य गर्न नसके पनि कम्तीमा बन्दीहरूको रिहाइलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अस्थायी राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरेका छन्।

तर, प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धन अहिले पनि अतिदक्षिणपन्थी दलहरूको समर्थनमा अडिएको छ, जसले युद्धविराम वा हमाससँगको कुनै पनि सम्झौताविरुद्ध कडा विरोध जनाउँदै आएका छन्।

यता, गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामात्रै इजरायली आक्रमण र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ। निरन्तर हवाई आक्रमण, अवरोधित आपूर्ति र स्वास्थ्य संकटका कारण गाजाको मानवीय स्थिति दिन प्रतिदिन भयावह बन्दै गएको छ।

संयुक्त राष्ट्र महासचिवले गाजाको अवस्थालाई ‘मानवताको असफलता’ भन्दै तत्काल युद्धविराम, सबै बन्दीहरूको रिहाइ र अवरोधरहित मानवीय सहयोग सुनिश्चित गर्न आह्वान गरेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart