ताजा खबर
काठमाडौं – चीनको पहिलो अन्तरिक्षमा छायांकन गरिएको लाइभ एक्सन फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’ को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउनेछ।
फिल्मले शेन्झाउ–१३ मिसनमा रहेका ६ अन्तरिक्षयात्री झाई झिगाङ, वाङ यापिङ र ये गुआङफुको अनुभवलाई चित्रण गर्छ। उनीहरूले चीनको तियाङगोङ अन्तरिक्ष स्टेशन भित्रका मुख्य दृश्यहरू कैद गरेका छन्। झु यिरानद्वारा निर्देशित यस फिल्मले दर्शकलाई अन्तरिक्षको अद्भुत सौन्दर्यशास्त्र र चुनौतीपूर्ण जीवनको कथा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
‘विन्डो टु द ब्लू प्लानेट’ चीनको पहिलो ऐतिहासिक फिल्म हो जुन ठूलो मात्रामा प्रत्यक्ष अन्तरिक्षमा छायांकन गरिएको छ। ८के, ५०एफपीएस, फुल–फ्रेम विशेषतासहितको घरेलु रूपमा विकसित अल्ट्रा–हाई–डेफिनिसन क्यामेरा प्रयोग गरी निर्माता कम्पनीले अन्तरिक्षमा रकेट कम्पन, विद्युत आपूर्ति, भण्डारण सीमितता जस्ता चुनौतीहरू पार गरेको थियो।
सन् २०२१ मा तियान्झोउ कार्गो अन्तरिक्षयानमार्फत छायांकन उपकरण अन्तरिक्ष स्टेशनमा पुर्याइएको थियो। दर्शकले फिल्ममा अन्तरिक्ष यात्री जीवनको झलकसहित विशाल ब्रह्माण्डीय दृश्यहरूको अनुभव गर्न पाउनेछन्।
वाङ यापिङको दृष्टिकोणबाट प्रस्तुत कथाले अन्तरिक्षको विस्मयकारी दृश्यलाई मानवीय कथासँग मिश्रण गरेर पेश गरेको छ। यसले दर्शकलाई चीनको अन्तरिक्ष अनुसन्धान र चलचित्र प्रविधिको नवीनतम उपलब्धि प्रत्यक्ष अनुभव गराउनेछ।
Super Admin
>