२०२६-०६-१३
बेइजिङमा चीनको शक्ति प्रदर्शन, विजयोत्सवमा प्रधानमन्त्री ओलीको सहभागिता>
Action

बेइजिङमा चीनको शक्ति प्रदर्शन, विजयोत्सवमा प्रधानमन्त्री ओलीको सहभागिता

काठमाडौं — चीनले दोस्रो विश्वयुद्धमा जापानी आक्रमणविरुद्धको विजयको ८० औं वार्षिकोत्सव राजधानी बेइजिङको तियानमेन स्क्वायरमा भव्य सैन्य परेडसहित मनाएको छ। यस ऐतिहासिक अवसरमा विश्वका नेताहरूसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भए।

‘भिक्ट्री–डे’ को स्मरणमा आयोजित यस समारोहमा चिनियाँ सेनाले अत्याधुनिक हतियारसहित आफ्नो सैन्य क्षमता प्रदर्शन गर्‍यो। परेडमा लडाकु विमान, मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक विमान र ट्यांकहरू देखाइएका थिए। आकाशमा जे–१० एरोबेटिक्स विमानले बहुरंगी ध्वजासहित आकर्षक एयर शो प्रस्तुत गर्दा दर्शकले उत्साहपूर्वक अवलोकन गरेका थिए।

कार्यक्रममा सेनाको विशेष टोलीले परेड प्रदर्शन गरे भने, ८० हजार सेता परेवा आकाशमा उडाइएका थिए, जसले शान्ति र विजयको प्रतीक बोकेको छ। समारोह सकिएपछि राष्ट्रपति सी चिनफिङले विदेशी पाहुनाका लागि दिवाभोजको आयोजना गरे, जसमा प्रधानमन्त्री ओली समेत सहभागी भए।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart