२०२६-०८-१३
भारतमा सडक दुर्घटना : सल्यानका चार जनाको मृत्यु, दुई घाइते>
Action

भारतमा सडक दुर्घटना : सल्यानका चार जनाको मृत्यु, दुई घाइते

३१ भदौ, काठमाडौं । भारतको हिमाञ्जल प्रदेशस्थित सिमला जिल्लाको कोटखाई नजिक सोमबार राति भएको सडक दुर्घटनामा सल्यानका चार नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। मृतकमध्ये तीन जना एउटै परिवारका सदस्य हुन्।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भए पनि उपचारपछि उनीहरूलाई डिस्चार्ज गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कसरी भयो दुर्घटना ?

प्रारम्भिक अनुसन्धान अनुसार चालकले गाडी नियन्त्रण गुमाउँदा पिकअप जिप सडकबाट भीरमा खसेको थियो। दुर्घटनापछि लक्ष्मीलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भयो। त्यस्तै, गम्भीर घाइते डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पुर्याइएका थिए तर उनको पनि ज्यान बचाउन सकिएन।

कानुनी प्रक्रिया र अनुसन्धान

भारतीय पत्रिका हिन्दुस्तान टाइम्स का अनुसार दुर्घटनापछि भारतीय न्याय संहिता (आईपीसी) को धारा १०६ अन्तर्गत ‘लापरबाहीका कारण मृत्यु’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र पीडित परिवारलाई जानकारी गराइएको छ।

राजनीतिक प्रतिक्रिया

हिमाञ्जल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्।

त्यस्तै, कोटखाई क्षेत्रका सांसद तथा शिक्षा मन्त्री रोहित ठाकुरले पनि दुर्घटनाप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart